Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नवराज सिलवालको वडामा माओवादी केन्द्रको जित

नवराज सिलवालको वडामा माओवादी केन्द्रको जित

दैनिकी न्यूज

२, जेठ २०७९
नवराज सिलवालको वडामा माओवादी केन्द्रको जित
images

ललितपुर । अभिनेता राज घिमिरे गोदावरी नगरपालिका वडा नं ३ को अध्यक्षमा विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष उम्मेदवार बनेका उनी १ हजार ५९ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का श्रीराम आचार्यले १ हजार ४९ मत प्राप्त गरेका छन् । उक्त वडा नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद नवराज सिलवालको हो ।

घिमिरे २०७४ सालको स्थानीय तहको निर्वाचनमा यसै वडाबाट माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।


घिमिरेले केही अगाडि आफुले वडा अध्यक्ष चुनाव जितेमा अध्यक्षको हैसियतले पाउने कुनै पनि सरकारी सुबिधा नलिने घोषणा समेत गरेका थिए । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने समेत बताएका छन् ।

फिल्म ‘चपली हाइट’ बाट अभिनेताको रुपमा सर्वत्र चिनिएका उनी पछिल्लो समय समाजसेवामा सक्रिय छन् ।

images
प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - ०६:४५:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology