ललितपुर । ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा मा मतगणना सुरु गरिएको छ ।
बिहान ७ बजे बसेको ललितपुर महानगरपालिकाको सर्वदलीय बैठकको निर्णय पछि वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो । महानगरको प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार छन् ।
उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य, नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायत उम्मेदवार छन् ।
त्यस्तै महालक्ष्मी नगरपालिकाको आज ११ बजे सबेको सर्वदलिय बैठकले मतगणना शुरु भएको हो । महालक्ष्मी नगरपालिाकामा नगर प्रमुखमा माओवादीबाट शिव कट्टेल, एमालेबाट हरिकृष्ण व्यञ्जनकार, एकीकृत समाजवादीबाट नकुल थापा लगायत उम्मेदवार छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका लक्ष्मी महर्जन, एमालेबाट विना सुवेदी लगायतका छन् ।