Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

मलेसियामा काम गर्ने श्रमिकको बढ्यो तलब, कति पुग्यो ?

मलेसियामा काम गर्ने श्रमिकको बढ्यो तलब, कति पुग्यो ?

दैनिकी न्यूज

२१, बैशाख २०७९
मलेसियामा काम गर्ने श्रमिकको बढ्यो तलब, कति पुग्यो ?
images

काठमाडौं । मलेसियामा काम गर्ने आप्रवासी श्रमिकको आधारभूत तलब ९बेसिक स्यालरी० एक हजार पाँच सय रिङ्गिट तोकेको छ ।

योभन्दा पहिले मलेसियामा काम गर्ने विदेशी श्रमिकको आधारभूत तलब एक हजार दुई सय रिङ्गिट थियो ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारले मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिनदेखि लागू हुने गरी आप्रवासी कामदारको आधारभूत तलब बढाएको हो ।

योसँगै दूतावासमा श्रमिकको मागपत्र प्रमाणीकरणका लागि कागजात पेस गर्दा पनि आधारभूत तलब एक हजार पाँच सय रिङ्गिट नै तोकेर पेस गर्न एक सूचनामार्फत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई आग्रह गरेको छ ।

प्रमाणीकरणका लागि दूतावासमा पेस भएका तर अहिलेसम्म प्रमाणीकरण नभएका मागपत्रका सम्बन्धमा नयाँ तलब उल्लेख गरी पुनः पेस गर्न दूतावासले म्यानपावर कम्पनीलाई आग्रह गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :बैशाख २१, २०७९ बुधवार - ०७:४८:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology