Logo

आइतवार, आश्विन २५ गते २०८३

images

कुन दलबाट कुन पदमा कति पर्‍यो उम्मेदवारी ?

कुन दलबाट कुन पदमा कति पर्‍यो उम्मेदवारी ?

दैनिकी न्यूज

१४, बैशाख २०७९
कुन दलबाट कुन पदमा कति पर्‍यो उम्मेदवारी ?
images

स्थानीय तहको प्रमुख पदतर्फ
स्थानीय तहको प्रमुख पदमा मंगलबार रातिसम्म रुजु भएको विवरणअनुसार ३ हजार ६ सय ६६ जनाको उम्मेदवारी परेको छ । १ हजार ३ सय ७६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसैगरी, नेकपा एमालेबाट स्थानीय तहको प्रमुख पदमा २ सय ८८ जनाको उम्मेदवारी परेको छ भने नेपाली कांग्रेसबाट सो पदमा २ सय ६३ जनाको उम्मेदवारी परेको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सोही पदमा २ सय ४८ जनाको उम्म्ेदवारी पर्दा अन्य दलबाट १ हजार २ सय ९१ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको उपप्रमुख पदतर्फ
स्थानीय तहको उपप्रमुख पदतर्फ २ हजार १ सय ३६ जनाको उम्मेदवारी मंगलबार राति अबेरसम्म रुजु भएको छ । जसमा ३ सय ९५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै, एमालेबाट २ सय ८३ जनाको उम्मेदवारी परेको छ । राप्रपाबाट २ सय २७, कांग्रेसबाट २ सय १० र अन्य दलबाट १ हजार २१ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

स्थानीय तहको अध्यक्ष पदतर्फ
स्थानीय तहको अध्यक्ष पदमा मंगलबार राति अबेरसम्म ३ हजार ३ सय ७८ जनाको उम्मेदवारी आयोगले रुजु गरेको छ । जसमा १ हजार २४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । यसैगरी एमालेकातर्फबाट ४ सय ४६, कांग्रेसबाट ३ सय ८२ नेकपा माओवादी केन्द्रबाट २ सय ९१ र अन्य दलबाट १ हजार २ सय ३५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले बताएको छ ।

स्थानीय तहको उपाध्यक्ष पदतर्फ
स्थानीय तहको उपाध्यक्ष पदतर्फ देशभरमा मंगलबार राति अबेरसम्म २ हजार ३ सय ९२ जनाको उम्मेदवारी आयोगले रुजु गरेको छ । जसमा एमालेका तर्फबाट ४ सय ४५ जनाको उम्मेदवारी परेको छ भने ३ सय ६१ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । यस्तै कांग्रेसकातर्फबाट ३ सय ५९, माओवादी केन्द्रका तर्फबाट ३ सय १४ र अन्य ९ सय १३ जनाको उम्मेदवारी परेको आयोगले भनेको हो ।

वडा अध्यक्ष पदतर्फ
वडा अध्यक्षतर्फ देशभरमा मंगलबार राति अबेरसम्म निर्वाचन आयोगको कम्प्युटर प्रणालीमा ३९ हजार ९ सय ५८ जनाको विवरण इन्टी भएको छ । जसअनुसार एमालेका ६ हजार ४ सय ७० जना उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोगमा रुजु भएको छ । यसैगरी कांग्रेसका ६ हजार ७९, स्वतन्त्र ५ हजार ८ सय ३३, माओवादी केन्द्रबाट ४ हजार ३ सय ८६ र अन्य दलबाट १२ हजार १ सय ९० जनाको वडाअध्यक्ष पदका लागि उम्मेदवारी परेको हो ।

महिला सदस्य पदतर्फ
महिला सदस्य पदतर्फ देशभर २६ हजार ८४ जनाको उम्मेदवारी परेको छ । जसमा एमालेका तर्फबाट ६ हजार ३ सय २ सय १९ कांग्रेसका तर्फबाट ५ हजार ६ सय ९९, माओवादी केन्द्रका तर्फबाट ४ हजार ८१ सय ११, राप्रपाका तर्फबाट २ हजार ८९ र अन्य दलबाट ७ हजार ५ सय ६४ जनाको उम्मेदवारी परेको छ ।

दलित महिला सदस्य पदतर्फ
दलित महिला सदस्य पदतर्फ देशभर २३ हजार ४ सय ८२ जनाको उम्मेदवारी परेको छ । जसमा एमालेबाट ६ हजार १ सय १५, कांग्रेसबाट ५ हजार ७ सय ३४, माओवादी केन्द्रबाट ३ हजार ८ सय ३६, राप्रपाबाट १ हजार ६ सय ३४ र अन्य दलबाट ६ हजार १ सय ६३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

सदस्य पदतर्फ
सदस्य पदतर्फ देशभर ५४ हजार ७ सय २ जनाको उम्मेदवारी आयोगले रुजु गरेको छ । जसमा एमालेबाट १२ हजार ६ सय ८० जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै कांग्रेसबाट ११ हजार ९ सय ४८ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट ८ हजार ५ सय ४६ जनाको उम्मेदवारी परेको छ । यस्तै, राप्रपाबाट ४ हजार ६ सय ३४ र अन्य दलबाट १६ हजार ८ सय ९४ जनाको सदस्य पदमा उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

images
प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - ०६:१२:२८ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # दल

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology