Logo

आइतवार, आश्विन २५ गते २०८३

images

काठमाडौं महानगरमा एमाले मेयरका उमेद्वार यौन दुराचारी

काठमाडौं महानगरमा एमाले मेयरका उमेद्वार यौन दुराचारी

दैनिकी न्यूज

१२, बैशाख २०७९
काठमाडौं महानगरमा एमाले मेयरका उमेद्वार यौन दुराचारी
images

काठमाडौं । नेकपा एमालेले महिलामाथि अपमान गरेको महिलाहरुले बताएका छन् । आगामी बैसाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको लागि नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुख पद मेयरमा पूर्वप्रदेश मन्त्री तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितलाई उमेदवार बनाएपछि महिलाहरुले आपत्ति जनाउँदै सो बताएका हुन् ।

स्थापितले मेयर भएको बेला दुई जना महिलालाई लगातार यौन दुव्र्यवहार गरेको भनेर महिला अधिकारकर्मीहरुले आन्दोलन समेत चलाएको सन्दर्भमा एमालेले तीनै यौन दुराचारीलाई मेयरको टिकट दिएको भन्दै सामाजिक सञ्जाल र मिडियाहरुमा समाचार आइरहेको छ ।

स्थापितमाथि महानगरकी पूर्वकर्मचारी तथा पत्रकार रश्मिला प्रजापति र उज्जला महर्जनले यौन दुव्र्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए ।

मि टु अभियानका क्रममा उनीहरुले आफूहरुमाथि स्थापितले दुव्र्यवहार गरेको घटना बाहिर ल्याएका थिए । त्यस बारेमा नेपालका विभिन्न मिडियामा उज्जला र रश्मिलाले उजागर गरेको घटना सार्वजनीक भएको थियो । तर आरोपित स्थापितले भने त्यसलाई सामान्यीकरण गरेर उडाएका थिए । उनले त्यस बारेमा कुनै कानुनी उपचारमा समेत नजानुले स्थापितले यौन दुव्र्यवहार गरेको प्रमाणित हुन पुगेको छ ।

यौन दुव्र्यबहारबाट पीडित रश्मीलाले स्थापितलाई मेयरको उमेदवार बनाउने निर्णय बाहिर आएपछि लेखेकी छिन्, ‘बितेका २५ वर्षमा एमालेले काठमाडौंको मेयर बनाउन अरु कुनै नेता कार्यकर्ता नदेखेर यौन दुराचारीलाई नै भेट्टाएछ । यो खबर सुनेर मलाई निकै दुःख लाग्यो ।’ उनले एमालेले यौन दुराचारीलाई कार्वाही गर्नुका बदलामा पुरस्कृत गरेकाले एमाले पार्टी नै दुराचारीको संरक्षण गर्ने पाटीमा बदलीएको बताएकी छीन् ।

रश्मिलाले स्थापितले राखेको यौनसम्वन्धी प्रस्ताव अस्वीकार गर्दा उनलाई जागिरबाट निकालिएको बताएकी थिइन् । स्थापितले आफूले भनेको मानेमा प्रमोसन गराइदिने प्रलोभन देखाउँदै पटक पटक त्यस्तो प्रस्ताव गरेका थिए । तर उनले नमानेकै कारण जागीरबाट निकालिदिएको उनको भनाई छ ।

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - २२:२४:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology