Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी केन्द्र ललितपुर उपमेयरमा बाबुराज बज्राचार्य सिफारिस

माओवादी केन्द्र ललितपुर उपमेयरमा बाबुराज बज्राचार्य सिफारिस

दैनिकी न्यूज

९, बैशाख २०७९
माओवादी केन्द्र ललितपुर उपमेयरमा बाबुराज बज्राचार्य सिफारिस
images

ललितपुर । नेकपा (माओवादी केन्द्र) ले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस भएको छ । माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले सर्वसम्मत रुपमा उपमेयरमा बाबुराज बज्राचार्यको नाम सिफारिस गरेको हो । आजको बैठकमा माओवादी केन्द्र ललितपुर जिल्लाका इन्चार्ज हरि दाहालले बज्राचार्यलाई महानगरपालिकाको उपमेयरमा प्रस्ताव गरेका हुन् ।

सत्ता गठबन्धनबाट ललितपुर मेयर काँग्रेसको भागबण्डामा परेपछि उपमेयरमा माओवादीका बज्राचार्यको नाम सिफारिस भएको छ । बज्राचार्य माओवादी ललितपुर महानगर कमिटीका अध्यक्ष समेत हुन् ।

यसअघि काँग्रेसबाट मेयरमा चिरिबाबु महर्जन र उप मेयरमा गीता सत्याल निर्वाचित भएकी थिइन् ।

images
प्रकाशित मिति :बैशाख ९, २०७९ शुक्रवार - १४:१२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology