Logo

आइतवार, आश्विन २५ गते २०८३

images

उम्मेदवार बन्न नपाउने भएपछि धमाधम बेरुजु फर्छ्योट

उम्मेदवार बन्न नपाउने भएपछि धमाधम बेरुजु फर्छ्योट

दैनिकी न्यूज

५, बैशाख २०७९
उम्मेदवार बन्न नपाउने भएपछि धमाधम बेरुजु फर्छ्योट
images

काठमाडौं । व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् ।

निर्वाचन आयोगले जारी गरेको आचार संहितामा पेस्की लिएका र बेरुजु भएका व्यक्तिले उम्मेदवार बन्न पेस्की तथा बेरुजु फर्छ्योट गर्नुपर्ने व्यवस्था छ । उम्मेदवार बन्न आचारसंहिताले रोक्ने भएपछि स्थानीय तहका जनप्रतिनिधिले धमाधम व्यक्तिगत बेरुजु फर्छ्योट गर्न थालेका हुन् ।

महालेखा परीक्षकको कार्यालयले गत भदौमा सार्वजनिक गरेको ५८ औँ प्रतिवेदनमा स्थानीय तहमा ४० अर्ब ८३ करोड ४७ लाख रुपियाँ बेरुजु रहेको उल्लेख गरिएको छ । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :बैशाख ५, २०७९ सोमवार - ०७:१८:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology