Logo

सोमवार, आश्विन २६ गते २०८३

images

एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ लाई

एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ लाई

दैनिकी न्यूज

३०, चैत्र २०७८
एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ लाई
images

काठमाडौं । पहिलो संस्करणको एफ.एन.जे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासंघ ललितपुर शाखालाई ५–२ गोल अन्तरले पराजित गर्दै न्युज २४ ले उपाधि जितेको हो । यसअघि सेमिफाइनलमा न्युज २४ ले पत्रकार महासंघ कास्की शाखालाई ६–२ गोल अन्तरले हराउ“दै फाइनलको यात्रा गरेको थियो । प्रतियोगिताको उपविजेता ललितपुरले सेमिफाइनलमा टिम शिलापत्रलाई ४–१ ले हराएको थियो । विजेता न्युज २४ ले नगद २५ हजार, ट्रफी र मेडल हात पा¥यो । उपविजेता ललितपुरले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गर्याे
प्रतियोगितामा विधागततर्फको उत्कृष्टतामा पनि न्युज २४कै बर्चश्व रह्यो । उत्कृष्ट गोलरक्षक न्युज २४ का पियुषबहादुर श्रेष्ठ घोषित हु“दा विजेता टिमका सुरज महर्जन उत्कष्ट खेलाडी घोषित भए । सुरजले प्रतियोगितामा कुल १४ गोल गरे । विधागततर्फ उत्कृष्ट हुनेले जनही नगद २५ सय र ट्रफी हात पारे । 
प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक पनि उपस्थित हुनु भएको थियो । फाइनल खेलअघि रेफ्रीलाई बल हस्तान्तरण गरेर मन्त्री अथकले खेल भावना अनुसार अघि बढ्न सबै खेलाडीलाई शुभकामना दिनु भएको थियो । 
विजेता टीम र खेलाडीलाई पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, महासचिव रोशन पुरी, सचिव पवन आचार्य, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, मुख्य प्रायोजक बिमा समितिका उपनिर्देशक निर्मल अधिकारी र प्रायोजक महालक्ष्मी विकास बैंकका मार्केटिङ विभाग प्रमुख अमित झा लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । 
महासंघले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको मिडिया कप फुटसलमा एशोसियट, प्रतिष्ठान र जिल्ला शाखा गरी १६ टीमको सहभागिता थियो । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचारा अभिवृद्धि गर्न खेलकुद सशक्त माध्यम हुने भएकाले मिडिया कप फुटसल आयोजना गरिएको प्रतियोगिताका सह–संयोजक एवं महासंघ केन्द्रीय सदस्य विकास कार्कीले जानकारी दिनुभयो । बिमा समितिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा १६ टोलीको सहभागिता थिए । नेपाल बंैक लिमिटेड, महालक्ष्मी बिकास बैंक र सिटिजन्स बैंकले प्रथम मिडिया कप फुटसललाई प्रायोजन गरेका थिए ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७८ बुधवार - ०६:१८:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology