Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज पनि घट्यो सुनको भाउ

आज पनि घट्यो सुनको भाउ

दैनिकी न्यूज

२१, चैत्र २०७८
आज पनि घट्यो सुनको भाउ
images

काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९८ हजार ७०० रुपैयाँ र तेजाबी छापावाल ९८ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :चैत्र २१, २०७८ सोमवार - ११:१६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology