Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आचारसंहितामा कडाइ

आचारसंहितामा कडाइ

दैनिकी न्यूज

१५, चैत्र २०७८
आचारसंहितामा कडाइ
images

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको लागि तयार गरेको निर्वाचन आचारसंहितामा विगतको तुलनामा कडाइ गरिएको पाइएको छ। आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता कायम गर्नका लागि सामाजिक सञ्जालको प्रयोगका सन्दर्भमा आयोगले आचारसंहितामा कडाइ गरेको बताए।

उनले आचारसंहिता पालना भए नभएको निगरानी गर्न ७ सय ५३ वटै स्थानीय तहमा राजनीतिक दलका प्रतिनिधिहरू, निर्वाचन अधिकृत, नेपाल प्रहरीका प्रतिनिधिलगायतको संयन्त्र निर्माण गरिने जानकारी पनि दिए। उनले भने- 'सबै दलका प्रतिनिधि भएपछि आचारसंहिता उल्लङ्घन भएको देख्ने र त्यसलाई एकले अर्कोलाई खबरदारी गर्ने हामीले विश्वास लिएका छौँ।'

निर्वाचन आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सरकार मातहतका निकाय, संवैधानिक निकाय, उम्मेदवार, राजनीतिक दल, सञ्चारमाध्यम, सार्वजनिक संगठन, पर्यवेक्षकलाई मात्र होइन, गैरसरकारी तथा निजी संस्था र दातृ निकायलाई पनि लागु हुनेछ। राजपत्रमा प्रकाशित गरिसकेको आचारसंहितामा ४८ दफा रहेका छन् । नेपाल समाचारपत्र दैनिक

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - ०७:४१:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology