Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

चुनावी तालमेलको मापदण्ड बनाउने गृहकार्य सुरु

चुनावी तालमेलको मापदण्ड बनाउने गृहकार्य सुरु

दैनिकी न्यूज

९, चैत्र २०७८
चुनावी तालमेलको मापदण्ड बनाउने गृहकार्य सुरु
images

काठमाडौं । सत्तासाझेदार प्रमुख राजनीतिक दलहरूले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल सुरु गरेका छन् । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका साथै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताले चुनावी तालमेलको मापदण्ड बनाउने विषयमा छलफल थालेका हुन्।

चुनावी तालमेलका विषयमा गठबन्धनमा रहेका दलका शीर्ष नेताले परस्पर फरक धारणा राख्दै आएका बेला मंगलबार बिहान बसेको तीन दलका शीर्ष नेताको बैठकले छिट्टै संयन्त्र निर्माण गरेर अघि बढ्ने समझदारी गरेको छ। शुक्रबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी तालमेलका विषयमा औपचारिक निर्णय गरेसँगै संयन्त्र निर्माण गरेर अघि बढ्ने प्रस्ताव प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन्।

स्थानीय तहको निर्वाचन तालमेलसहितका विषयमा निर्णय गर्न कांग्रेसले शुक्रबार बैठक बोलाएको छ। संस्थापन इतरका केही नेता भने अन्य दलसँग मिलेर नभई एक्लै निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर सभापति देउवासहित संस्थापन पक्ष सत्ता गठबन्धनमा रहेका दलहरूसँग तालमेल गरेर जानुपर्ने पक्षमा छ। संस्थापन पक्ष ६ वटा महानगरपालिकामा तालमेल गरेर अघि बढ्न सकारात्मक देखिएको छ। त्यसका अतिरिक्त ११ उपमहानगरपालिकामा पनि आवश्यक परे भागबन्डा गरेर जान कांग्रेस सहमत हुने निकट स्रोतको दाबी छ। आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :चैत्र ९, २०७८ बुधवार - ०६:२८:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology