Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गठबन्धनका लागि विकल्प खोज्दै दलहरु

गठबन्धनका लागि विकल्प खोज्दै दलहरु

दैनिकी न्यूज

२, चैत्र २०७८
गठबन्धनका लागि विकल्प खोज्दै दलहरु
images

काठमाडौं । निर्वाचन तालमेलका विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले विभिन्न विकल्प सार्वजनिकरूपमै प्रस्तुत गर्दै आएका छन् । तर गठबन्धनको नेतृत्व गरेको कांग्रेसले तालमेलका विकल्पबारे संस्थागतरूपमा केही बोलेको छैन ।

महामन्त्री गगनकुमार थापाले स्थानीय चुनावमा कहाँ, कोसँग, कसरी तालमेल गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार पार्टीका स्थानीय तहलाई नै छाड्नुपर्ने धारणा राख्दै आएका छन्। तर सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनकै बैठकमा अहिले जुन पालिका जसले जितेको छ, आगामी निर्वाचनमा पनि उसैको उम्मेदवार उठाउने प्रस्ताव गरेका छन्। उनले गठबन्धनबाहेकका दलहरूले जितेका स्थानीय तहमा भने पार्टीहरूको अवस्थाको मूल्यांकन गरी तालमेल गर्ने विकल्प प्रस्तुत गरेका छन् । यस आधारमा आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका माओवादीलाई छाड्नुपर्ने देखिन्छ । जसले गर्दा दाहालको प्रस्तावमा पार्टीभित्र खासै छलफल अघि नबढेको स्रोतको दाबी छ।

नेकपा एमालेबाट छुट्टिएर गठन भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले एउटा पार्टीले प्रमुख, अर्कोले उपप्रमुख, तेस्रोले वडाध्यक्ष, अर्कोले सदस्य लिएर गठबन्धन गर्न सकिने प्रस्ताव अघि सारेका छन् । एउटा वडामा एउटा पार्टीले अध्यक्ष पाउँदा अर्कोमा अर्कै पार्टीले वडा अध्यक्ष पाउने दाबी गर्दै धादिङमा आयोजना गरिएको एक कार्यक्रममा अध्यक्ष नेपालले भने, ुनेकपा एस एक्लै जित्ने ठाउँमा एक्लै पनि चुनाव लड्छ, त्यसका लागि तयारी हुनुहोस् ।ु आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - ०६:१३:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology