Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

कर्मचारीहरु नागरिकप्रति उत्तरदायी बन्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड

कर्मचारीहरु नागरिकप्रति उत्तरदायी बन्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड

दैनिकी न्यूज

२७, फाल्गुण २०७८
कर्मचारीहरु नागरिकप्रति उत्तरदायी बन्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड
images

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कर्मचारीहरु सेवाग्राहीप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नु पर्नेमा जोड दिनु भएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विभागीय समितिको पाँचौं अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जनताले तिरेको राजस्वबाट पालिएका सबै जना जनताप्रति उत्तरदायी बन्नुुपर्नेमा जोड दिनु भयो ।

सार्वजनिक प्रशासकले आफू जनताको मालिक नभई सेवक हो भन्ने भावनाले काम गर्नु पर्नेमा जोड दिदै मन्त्री श्रेष्ठले काम गर्दा आइपर्ने नीतिगत, कानुनी र व्यवहारिक समस्या समाधान गर्न मन्त्रालय र आफूू तयार रहेको बताउनुु भयो ।

मन्त्री श्रेष्ठले मन्त्रालय मातहतका नापी, मालपोत जस्ता कार्यालयहरु प्रत्यक्ष रुपमा नागरिकसँग जोडिएकाले यसबाट हुने कामहरु पारदर्शी बनाएर यसअघि बनेको नकारात्मक छवी हटाउने गरी काम गर्न सम्बद्ध सवै पक्ष एक भएर लाग्न आश्यक रहेको औल्याउनुु भयो ।

उहाँले कर्मचारीहरुले जनउत्तरदायी र पारदर्शी भएर काम गर्नु पर्ने र राम्रा काम गर्नेलाई प्रोत्साहन तथा पुुरस्कारको समेत व्यवस्था हुनुु पर्ने कुरामा आफूूले सधै जोड दिदै आएको भन्दै अव चक्रीय प्रणालीमा सरुवा गर्ने व्यवस्थ गर्न ढिलाइए गर्न नहुने पनि बताउनुभयो

मन्त्री श्रेष्ठले अहिलेको सरकारले वास्तविक भूूमिहिनहरुलाई ललापूर्जा वितरण गर्ने र जमिन दिने कुरालाई प्राथमिकतामा राखेर अगाडी बढेको भन्दै टिमबद्ध भएर काम गर्दा समयमा नै काम गर्न सकिने भएकाले यस तर्फ लाग्न कर्मचारीहरुलाई आग्रह ससमेत गर्नुभयो ।

 

images
प्रकाशित मिति :फाल्गुण २७, २०७८ शुक्रवार - २०:१६:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology