Logo

आइतवार, आश्विन २५ गते २०८३

images

अण्डाको मूल्य बढ्यो, बिचौलियालाई बढी फाइदा

अण्डाको मूल्य बढ्यो, बिचौलियालाई बढी फाइदा

दैनिकी न्यूज

२६, फाल्गुण २०७८
अण्डाको मूल्य बढ्यो, बिचौलियालाई बढी फाइदा
images

काठमाडौं । नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले चितवन जिल्लालाई आधार मानेर बढाएको मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट ३९५ रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको छ ।

यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३६५ र मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३३५ रुपैयाँ थियो । बढेको मूल्य अनुसार प्रतिअण्डाको गेट मूल्य १३ रुपैयाँ १६ पैसा भए पनि उपभोक्ता मूल्य भने १६ रुपैयाँ कायम गरिएको छ ।

उपभोक्ताको भान्सामा दैनिकजसो उपभोग हुने अण्डाको मूल्य बढ्दा किसानलाई भन्दा बिचौलिया तथा व्यापारीलाई बढी फाइदा हुने गरेको छ । मूल्य बढे पनि अहिले किसानले पाउने प्रतिगोटा अण्डा १३ रुपैयाँ १६ पैसा मात्र हो । आजकोआर्थिक अभियान दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - ०६:४२:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology