काठमाडौं । मिलियनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन भएपछि आज पहिलो पटक प्रतिनिध सभा (संसद) बैठक बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जानकारी दिएको हो।
गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो । संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् ।