Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बैंकिङ कसूर गरेको आरोपमा अभियुक्त पक्राउ

बैंकिङ कसूर गरेको आरोपमा अभियुक्त पक्राउ

दैनिकी न्यूज

१०, फाल्गुण २०७८
बैंकिङ कसूर गरेको आरोपमा अभियुक्त पक्राउ
images

काठमाडौं । प्रहरीले २२ लाख रुपैयाँ जरिवाना ठहर गरेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम २२ लाख रुपैयाँ जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–८ थानापतीका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई सोमवारपक्राउ गरेको हो ।

प्रहरीले अभियुक्तले आफ्नो एनआईसी बैंक लिमिटेड मनमैजु शाखाको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर बैंकिङ कसूर गरेकाले अभियुक्तलाई काठमाडौंको नपालटारबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

पक्राउ परेका अभियुक्तलाई फैसला कार्यान्वयनको लागि मंगलवार जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७८ मंगलवार - २१:०६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology