Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज संसद बैठक बस्दै

आज संसद बैठक बस्दै

दैनिकी न्यूज

८, फाल्गुण २०७८
आज संसद बैठक बस्दै
images

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्नेगरी संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

संसदको आजको बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७–०७८ पेश गर्ने मात्रै कार्यसूची रहेको छ ।

सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसीसी टेबल हुन सकेको छैन ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७८ आइतवार - ०८:३७:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology