Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ६८० जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ६८० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३, फाल्गुण २०७८
आज देशभर ६८० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६८० जनामा कोरोना (भाइरस कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर र एन्टीजेन विधिबाट ७ हजार ९५ जनामा गरिएको परीक्षणमा ६८० जनामा संक्रमण देखिएको जनाएको हो ।

पीसीआर विधिबाट ४ हजार २५६ जनामा परीक्षण गर्दा ४९८ जना र एन्टिजेन विधिबाट २ हजार ८३९ जनामा परीक्षण गर्दा १८२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टायता निको हुनेको संख्या १ हजार ८३५ पुगेको छ । सोही अवधिमा २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकमा उल्लेख छ । मंगलबारसम्म संक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ । २४ घण्टामा ४३ हजार ८८१ जनाले खोप लगाएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - १७:०६:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology