Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीले बोलाए पूर्ण बैठक

कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीले बोलाए पूर्ण बैठक

दैनिकी न्यूज

२, फाल्गुण २०७८
कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीले बोलाए पूर्ण बैठक
images

काठमाण्डौ । महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निलम्बित भएपछि कायममुकायम प्रधानन्यायाधीश बनेका दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट अर्थात पूर्ण बैठक बोलाएका छन् ।

बैठकमा प्रधानन्यायाधीश जबरालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुनेछ ।

जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु पनि आजको पूर्ण बैठकमा सहभागी हुने भएका छन् ।

हिजो महाअभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका हुन् ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - १२:०६:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology