काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ सय ३६ जनामा कोरोना भाइरस (कोभिठ–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ६ हजार ६५४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार ४९१ पिसिआर परीक्षणबाट र ३४५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा १८२६ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर २६ हजार १०२ जना कोरोनाका सक्रिय संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १६६, ललितपुरमा ३१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन्।
यसैगरी काठमाडौं उपत्यकामा १० हजार ६७७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६०४८, ललितपुरमा ३२ सय ८० र भक्तपुरमा १३४९ सक्रिय संक्रमित छन्।