Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २४ सय १ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

आज देशभर २४ सय १ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

दैनिकी न्यूज

२६, माघ २०७८
आज देशभर २४ सय १ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ सय १ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ७७ सय ७७ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३ सय ५६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ११ हजार ६०३ पिसिआर परीक्षणबाट १८ सय ५१ जना र ४७ सय ५३ एन्टिजेन परीक्षणबाट ५५० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन्। हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन्।

images
प्रकाशित मिति :माघ २६, २०७८ बुधवार - १८:३८:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology