Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन फाइजर खोप खरिद गरिँदै

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन फाइजर खोप खरिद गरिँदै

दैनिकी न्यूज

१६, माघ २०७८
पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन फाइजर खोप खरिद गरिँदै
images

काठमाडौं । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ ।

कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै फाइजर खोप ल्याउन प्रक्रिया सुरु गरेको हो । हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ । पाँच वर्षभन्दा माथिका बालबालिका पनि विद्यालय जाने र त्यहाँ भिडभाड हुने हुनाले सङ्क्रमणको उच्च जोखिममा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर फाइजर खोप ल्याउन सरकारले प्रक्रिया सुरु गरिसकेको जानकारी दिए । दुई–तीन महिनाभित्रै उक्त खोप आउन सक्ने सम्भावना रहेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :माघ १६, २०७८ आइतवार - ०८:३९:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology