Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना संक्रमित भन्दा निको हुने बढे, यस्तो छ काठमाडौं उपत्यकाका संक्रमित संख्या

कोरोना संक्रमित भन्दा निको हुने बढे, यस्तो छ काठमाडौं उपत्यकाका संक्रमित संख्या

दैनिकी न्यूज

१५, माघ २०७८
कोरोना संक्रमित भन्दा निको हुने बढे,  यस्तो छ काठमाडौं उपत्यकाका संक्रमित संख्या
images

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जना कोरोना संक्रमित थपिएका छन्।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १४ हजार ५ सय ६२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

३३१८ पिसिआर परीक्षणबाट र १५८६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ५९२४ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ८ सय २० जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा १४०४, भक्तपुरमा १११ र ललितपुरमा ३०५ संक्रमित रहेका छन्।

 

images
प्रकाशित मिति :माघ १५, २०७८ शनिवार - २०:१५:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology