काठमाडौं । सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकले समयमै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको हो।
निर्वाचन आयोगले पनि वैशाखमा स्थानीय तह निर्वाचन गर्न सिफारिस गरेको थियो।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै समितिका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समयमै स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल गरिएको बताए।