Logo

मंगलवार, आश्विन २७ गते २०८३

images

पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी स्थगित

पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी स्थगित

दैनिकी न्यूज

२८, पौष २०७८
पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी स्थगित
images

काठमाडौँ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले चितवनमा आयोजना गर्ने भनिएको ‘सलोम पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८’ स्थगित गरिएको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै मेला हाललाई स्थगित गरिएको जानकारी गराएको हो ।

पुस २७ गते बसेको मेला आयोजक मुल समितिको सिफारिस अनुसार कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा रहेपछि गृहमन्त्रालयले २५ जना भन्दा बढि भेला हुने सभा, सम्मेलन, मेला, प्रदर्शनी आदि नगर्न निर्देशन दिएसँगै संघले प्रदर्शनी स्थगित गरेको हो ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८ पौष २५ गतेको गृह मन्त्रालयको निर्देशन, जिल्ला प्रशासन कार्यालय, चितवनको मिति २०७८ पौष २६ गतेको आदेश र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति चितवनको भौतिक रुपमा २५ जना भन्दा बढि उपस्थित भइ सभा, सम्मेलन, मेला, प्रदर्शनी, जुलुस जस्ता कार्य गर्न रोक लगाउने निर्णय बमोजिम ‘सलोम पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८’ अर्को सूचना जारी नभएसम्म हाललाई स्थगन गरिएको छ ।’ कोभिड–१९ को जोखिम कम भएपछि यो प्रदर्शनी पुनः आयोजना गरिने संघले जनाएको छ ।

संघले यही माघ ५ गतेदेखि माघ ८ गतेसम्म चितवनको एक्स्पो सेन्टरमा प्रदर्शनी गर्ने तयारी गरेको थियो । यो प्रदर्शनीलाई नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना र संघले संयुक्त रुपमा आयोजना गरेका थिए ।

images
प्रकाशित मिति :पौष २८, २०७८ बुधवार - १६:२१:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology