जनकपुरधाम । जयनगर–कुर्था रेलमार्ग परीक्षण सफल भएको छ । शनिबार जनकपुरधाम रेल्वे स्टेशन हुँदै भारतीय रेल कम्पनीका प्राविधिक टोलीसहित जयनगर–कुर्था रेल लिक परीक्षण सफल भएको हो ।
रेलमार्ग परीक्षण सफल भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । उनले रेलको अवस्था सबै ठीक रहेको बताउँदै परीक्षण सफल भएको जानकारी दिएका हुन । अब छिट्टै सञ्चालनमा ल्याउन पाए दुवै देशको लागि फाइदा हुने उनले बताए । केही ठाउँमा क्लिप चोरी भएको कुरालाई पनि उनले ध्यानाकर्षण गराएका थिए ।
उनले उद्घाटनको मिति भने अहिले निश्चित नभएको र दुबै देशका प्रधानमन्त्रीद्वारा रेल उद्घाटन गराउने जानकारी दिँदै दुवै प्रधानमन्त्रीको समय मिलेपछि उद्घाटन गर्ने मिति तय गर्ने जानकारी दिए ।
परिक्षण टोलीमा धनुषाका प्रमुख जिल्ला अधिकारीसहितको सहभागिता थियो । समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मी चौधरीले लेखेका छन ।