Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी

माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी

दैनिकी न्यूज

१६, पौष २०७८
माओवादी महाधिवेशनमा ल्यापटप र प्रिन्टर चोरी
images

काठमाडौं । नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएपछि प्रवेशमा कडाइ गरिएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ । फोटो पत्रकारबाहेकका पत्रकारलाईसमेत प्रवेशमा कडाइ गरिएको छ । प्रेस संयोजक आचार्यका अनुसार साँझ ५ बजेमात्र मिडिया सेन्टरमा प्रवेश दिने आचार्यको भनाइ ।

महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको र शुक्रबारबाट खोलिएको छ ।

images
प्रकाशित मिति :पौष १६, २०७८ शुक्रवार - १३:४०:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology