Logo

आइतवार, श्रावण २४ गते २०८३

images

माओवादीको केन्द्रीय समिति बैठक आइतबार बस्ने

माओवादीको केन्द्रीय समिति बैठक आइतबार बस्ने

दैनिकी न्यूज

१०, पौष २०७८
माओवादीको केन्द्रीय समिति बैठक आइतबार बस्ने
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ।

आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

आइतबारदेखि माओवादीको प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ।

सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ।

प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरू हुने जानकारी दिए।

सम्मेलनको तयारीस्वरूप आज अपराह्न बसेको स्थायी समिति बैठकमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा छलफल भएको उनले बताए। रासस

images
प्रकाशित मिति :पौष १०, २०७८ शनिवार - १९:१३:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology