Logo

शनिवार, आश्विन २४ गते २०८३

images

खानी विभाग चोक र टुकुचामा ट्राफिक बत्ती जडान

खानी विभाग चोक र टुकुचामा ट्राफिक बत्ती जडान

दैनिकी न्यूज

१७, कार्तिक २०७८
खानी विभाग चोक र टुकुचामा ट्राफिक बत्ती जडान
images

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउनका लागि खानी विभाग चोक र टुकुचामा नयाँ ट्राफिक बत्ती जडान गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न संघ संस्थाको सहकार्यमा आज थप दुई स्थानमा ट्राफिक बत्ती जडान गरेको हो।

महाशाखाले खानी विभाग चोकमा एनसेलसँगको सहकार्य र टुकुचामा काठमाडौं महानगरपालिका-१ को सहकार्यमा ट्राफिक बत्ती जडान गरी सञ्चालनमा ल्याएको हो।

खानी विभाग चोकमा जडान गरेको ट्राफिक बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्याल तथा टुकुचामा जडान गरिएको बत्तीको एसएसपी भट्टराई र काठमाडौं महानगरपालिका-१ का वडा सदस्य अशोककुमार श्रेष्ठले उद्घाटन गरे।

कार्यक्रममा एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई महाशाखाले प्राथमिकता दिँदै आएको बताए।

ुहामी ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने अभियानमा छौं, यसका लागि विभिन्न निकायसँग निरन्तर समन्वय र सहकार्य गर्दै आइरहेका छौुं, उनले भने।

कार्यक्रममा एनसेलका सुरक्षा प्रमुख अर्यालले एनसेलको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्या, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। रासस

images
प्रकाशित मिति :कार्तिक १७, २०७८ बुधवार - १४:२९:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology