काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ५ सय २२ र एन्टिजेन परीक्षणबाट ३५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ६ हजार ६१ नमुनाको पीसीआर परीक्षण र १ हजार ५ सय ६४ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ९७हजार ६ सय २५ गरिएको छ ।
८ सय ७७ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार २ सय १ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ९ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार १५ पुगेको छ ।
हालसम्म ७ लाख ८७ हजार ५०७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३४८ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ९ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार १५ पुगेको छ ।
हालसम्म ७ लाख ८७ हजार ५ सय ७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३४८ पुगेको छ।