काठमाडौं । निजि वायुसेवा कम्पनी गुण एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणबाट जेट्स्ट्रीम जहाजको एओसि प्राप्त गरेको छ । बेलायतमा निर्मित पाँच वटा जेट्स्ट्रीम जहाज यति एयरलाइन्स सङ्ग खरीद गरेको गुण एयरलाइन्सले एओसि प्राप्त गरेसङ्गै ३० सिटको जेट्स्ट्रीम जहाजद्वारा आजबाट तुम्लिङटार भरतपुर र पोखरामा पहिलोपटक आफ्नो नियमित उडान शुरु गरेको हो ।
आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान थाल्ने क्रममा बिच एअरक्राफ्ट १९०० द्वारा नियमित उडान भने असोज १ गते देखि नै उडान शुरु गरेको थियो। गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार उडान को सुरुवातमा काठमाडौ बाट पोखरा र भरतपुर (चितवन) र तुम्लिङटारको उडान सुरु भएको हो भने यसैसाता देखिनै अन्य गन्तव्य सिमरा, भैरहवा, जनकपुर, नेपालगन्ज, सुर्खेत र बिराटनगरको लागि उडान भर्नेगरि तयारी गरिएको छ ।
नेपालीहरुको महान चाड दशैलाई लक्षित गर्दै आफूहरु यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुबिधा दिन कुनै कसर बाकी नराख्ने थापा बताउनुहुन्छ । कोभिड महामारीको बिच आफूहरु नेपाली यात्रु हरुका लागि सेवा दिन तयार रहेको र बर्तमान हवाइ भाडादरको चर्को प्रतिस्पर्धामा आफुहरु पनि उत्रेर गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसारको तयारी थालेको छौ । गुण एयरलाइन्सले आन्तरिक विमानस्थलमा यात्रु हरुको लागि वातानुकुलित दुईवटा विद्युतीय बसको समेत संचालन गरेको छ आन्तरिक विमानस्थलमा पहिलोपटक विद्युतीय बस सन्चालन गर्ने गुण एयरलाइन्स पहिलो निजि वायुसेवा कम्पनी समेत भएको छ।