Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कपनमा ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा फेला

कपनमा ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा फेला

दैनिकी न्यूज

१०, आश्विन २०७८
कपनमा ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा फेला
images

काठमाडौं । असोज ४ गते काठमाडौंको कपनको मिलनचोकमा पानी परेका बेला ढलमा खरेर बेपत्ता भएका बालकको शव शनिबार राति भेटिएको छ । ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१ घुसेलमा बालकको शव भेटिएको बताइन ।

असोज ४ गते साँझ ढलमा खसेका १० वर्षीय बालक उज्ज्वल विश्वकर्माको शव कपडाको आधारमा परिवारले पहिचान गरेको उनले बताइन ।

उनका अनुसार शव बागमती नदी किनाराबाट मूल सडकसम्म ल्याउन करिब दुई घण्टा पैदल हिँड्नुपर्छ । शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिने र पोष्टमार्टमपछि परिवारलाई दिइने एसएसपी बज्राचार्यले बताए ।

images
प्रकाशित मिति :आश्विन १०, २०७८ आइतवार - १६:११:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology