Logo

शनिवार, आश्विन २४ गते २०८३

images

२.४४ प्रतिशत महगो दरमा भारतीय विजुली आयात

२.४४ प्रतिशत महगो दरमा भारतीय विजुली आयात

दैनिकी न्यूज

३१, भाद्र २०७८
२.४४ प्रतिशत महगो दरमा भारतीय विजुली आयात
images

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी ९महँगो० दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार प्राधिकरणले गत आवमा भारतबाट १ किलोवाट आवर विद्युत् ७ रुपैयाँ ९५ पैसामा खरीद गरेको छ । जुन अघिल्लो आव २०७६–७७ को भन्दा १९ पैसाले बढी हो । अघिल्लो आवमा प्राधिकरणले भारतबाट १ किलोवाट आवर विद्युत् औसतमा ७ रुपैयाँ ७६ पैसामा खरीद गरेको थियो

भारतीय विद्युत् महँगोमा खरीद गरेको अवस्थामा स्वदेशी निजीक्षेत्रको विद्युत्को खरीद दर भने घटेको छ । गत आवमा निजीक्षेत्रबाट खरीद गरिने विद्युत्को औसत दर १९ दशमलव २६ प्रतिशतले घटेको छ । गत आवमा निजीक्षेत्रबाट १ किलोवाट आवर विद्युुत ५ रुपैयाँ ८६ पैसामा खरीद भएको छ । अघिल्लो आवमा भने ७ रुपैयाँ २५ प्रैसामा विद्युत् खरीद भएको थियो ।

यस्तै, गत आवमा भारतबाट हुने विद्युत् ९इनर्जी० को आयात पनि ह्वात्तै बढेको देखिन्छ । गत आवमा भारतीय विद्युत्को आयात ६३ दशमलव ४५ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार गत आवमा २ हजार ८२६ गिगावाट आवर विद्युत् आयात भएको छ, जुन अघिल्लो आवको भन्दा बढी हो । अघिल्लो आवमा १ हजार ७२९ गिगावाट विद्युत् आयात भएको छ ।

पछिल्लो समय नेपालमा विद्युत्को उत्पादन बढ्दै गएको छ । तर, अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित हुँदा हिउँदमा उत्पादन घट्ने गर्छ । त्यो समयमा विद्युत् माग पूरा गर्न भारतबाट आयात गरिँदै आइएको छ । वर्षात्को समयमा भने विद्युत् निर्यात पनि हुँदै आएको छ ।

गत आवमा नेपालमा ८ हजार ८७७ गिगावाट आवर विद्युत् खपत भएको छ । जुन अघिल्लो आवको तुलनामा १४ दशमलव ६८ प्रतिशतले बढी भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आवमा ७ हजार ७४१ गिगावाट आवर विद्युत् खपत भएको थियो ।

गत आवमा निजीक्षेत्रबाट ३ हजार २४१ गिगावाट आवर विद्युत् आपूर्ति भएको छ । त्यो बाहेकका विद्युत् भने प्राधिकरणका आयोजनाहरूबाट नै आपूर्ति भएका बताइएको छ । आजको आर्थिक अभियान दैनिकबाट

images
प्रकाशित मिति :भाद्र ३१, २०७८ बिहिवार - ०७:११:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology