Logo

शनिवार, आश्विन २४ गते २०८३

images

मन्त्रीले एक महिलामाथि बलात्कार गरेको आरोप

मन्त्रीले एक महिलामाथि बलात्कार गरेको आरोप

दैनिकी न्यूज

७, भाद्र २०७८
मन्त्रीले एक महिलामाथि बलात्कार गरेको आरोप
images

काठमाडौं । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए।

‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘उहाँहरूले भनेअनुसार मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग छलफल गरेर आउन सुझाव दिएर पठाएका हौं।’

प्रहरीको सम्पर्कमा पुगेका पीडितले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०७८ सोमवार - ०७:०७:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology