Logo

शनिवार, आश्विन २४ गते २०८३

images

अक्सिजन सकियो, मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

अक्सिजन सकियो, मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने

दैनिकी न्यूज

२९, बैशाख २०७८
अक्सिजन सकियो, मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने
images

भक्तपुर । मध्यपुरथिमिमा रहेको मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोरोनाका बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले हिजो विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोरोनाका नयाँ बिरामी भर्ना नलिने जनाउनुभयो ।

अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोरोना र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो ।

अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताउनुभयो । रासस

images
प्रकाशित मिति :बैशाख २९, २०७८ बुधवार - ०६:३७:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology