Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पत्रकारलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश (आदेशसहित)

पत्रकारलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश (आदेशसहित)

दैनिकी न्यूज

२४, बैशाख २०७८
पत्रकारलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश (आदेशसहित)
images

काठमाडौँ । सर्वोच्च अदालतले गैरकानुनी रुपमा पक्राउ गरिएका उज्यालो नेटवर्क डटकमका पत्रकारद्वयलाई आज थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो । प्रभात भन्ने दुर्गालाल लामा र अनिश भन्ने श्यामबहादुरलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बन्दीप्रत्यक्षीकरनको रिट हालेका थिए ।

उज्यालो नेटवर्क डटकमका पत्रकार अनिश र व्यवस्थापक लामालाई प्रहरीले पक्राउ गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय (रअ) का प्रमुख सामन्त गोयलबीच भएको भनिएको विवादास्पद सम्झौताको प्रति र त्यससँग सम्बन्धित समाचार उज्यालो नेटवर्क डटकमले प्रकाशित गरेको थियो । फर्जी भनिएको उक्त सम्झौतापत्र प्रकाशित भएलगत्तै उज्यालो नेटवर्कले माफी मागेको थियो । प्रहरीले किर्ते कागजात तयार पारिएको आरोपमा अनुसन्धानका क्रममा भन्दै उनहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले आफूलाई धरपकड गर्न खोजेको भन्दै उज्यालो नेटवर्कका सञ्चालकहरु उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले तत्कालका लागि उनीहरुलाई पक्राउ नगर्नु भनेर अन्तरिम आदेश दिएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

तामाङको पक्षबाट वरिष्ठ अधिवक्ताहरु बोर्णबहादुर कार्की, रमणकुमार श्रेष्ठ, मुक्तनारायण प्रधान, अधिवक्ताहरु भक्तिराम घिमिरे, धर्मराज पाण्डे, करुणाकर मल्लिक, लोकेन्द्र वोली, सन्तोष भण्डारी, विजय हमाल र रामराज शाहले बहसले गरेका थिए भने सरकारको तर्फबाट उपन्यायधीवक्ता दशरथ पंगेनीले वहस गरेका थिए।

a.jpg

b.jpg

images
प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - २१:०५:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology