Logo

शनिवार, आश्विन २४ गते २०८३

images

प्रतिरोधका लागि शक्ति सञ्चय गर्दै नेपाल–खनाल समूह

प्रतिरोधका लागि शक्ति सञ्चय गर्दै नेपाल–खनाल समूह

दैनिकी न्यूज

३१, चैत्र २०७७
प्रतिरोधका लागि शक्ति सञ्चय गर्दै नेपाल–खनाल समूह
images

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको हो ।

नेपाल खनाल पक्षले देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गर्दैछ । सो समूहले समानान्तर कमिटी गठन गर्दा नै सबै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेको छ । नेपाल खनाल पक्षले ओली पक्ष नवौँ महाधिवेशनको स्पिरिटअनुसार अघि नबढेको आरोप लगाएको छ ।

‘लोकतान्त्रिक अभ्यासका क्रममा नवौँ महाधिवेशनमा पुग्दा हामीले अलग–अलग प्यानल बनाएर केन्द्रीय कमिटी निर्वाचन गर्यौँ । महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको पक्षमा रहेका प्रतिनिधिहरुको नेतृत्व नेपालले गरेको र अर्को पक्षबाट नेतृत्व गरेका ओलीले अध्यक्षमा जिते पनि सैद्धान्तिक नेता नेपाल भएकाले अब देशभर शक्ति सञ्चयमा लागिएको हो,’ नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने । उनका अनुसार देशभर नै वडा तहसम्म संगठन निर्माण कार्य भइरहेको छ ।


आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - ०६:४८:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology