Logo

शनिवार, आश्विन २४ गते २०८३

images

वर्षाले प्रदूषणमा सुधार तर अझै अस्वस्थकर

वर्षाले प्रदूषणमा सुधार तर अझै अस्वस्थकर

दैनिकी न्यूज

२०, चैत्र २०७७
वर्षाले प्रदूषणमा सुधार तर अझै अस्वस्थकर
images

काठमाडौं । झण्डै एक साता धुवाँ र धुलोको तुवाँलोले ढाकिएको राजधानीले बुधबारको वर्षासँगै केही राहत पाएको छ । जनस्वास्थ्यका लागि घातक मानिने स्तरमा उक्लेको प्रदूषणको पारो घटेको छ । तर पनि वायु प्रदूषण अस्वस्थकर तहमै रहेको छ ।

राजधानीको भैँसेपाटीमा गत साता वायु प्रदूषण सूचकांक ४ सयमाथि उक्लेकोमा बिहीबार दिउँसो राजधानीका विभिन्न स्थानमा जडान गरिएका अधिकांश वायु प्रदूषण मापक स्टेसनले काठमाडौँको वायुको गुणस्तर १६० को हाराहारीमा झरेको देखाए । वायु प्रदूषणको मात्रा नाप्ने इन्डेक्स १५० देखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थ्यमा पर्ने प्रभावका हिसाबले अस्वस्थकर मानिन्छ ।

बुधबार साँझ परेको पानीले वायुमण्डलमा रहेका घातक प्रदूषणका कणलाई केही हदसम्म सफा गरेका कारण राजधानीले तुलनात्मक हिसाबले राहत पाएको हो । बुधबार राजधानीमा ९।८ मिलिमिटर वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार तुवाँलोका कारण गत शुक्रबार वायुमण्डलको भिजिबिलिटीको मात्रा १ किलोमिटर रहेकोमा बिहीबार बढेर सात किलोमिटर पुगेको थियो ।

आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :चैत्र २०, २०७७ शुक्रवार - ०७:१२:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology