Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक

दैनिकी न्यूज

८, चैत्र २०७७
पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक
images

काठमाडौं । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको प्रत्यक्ष निर्वाचनका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ। पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा हुन लागेको महासंघको आइतबार निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो। पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचनको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार चैत १२ गते बिहान साढे १० बजेदेखि दिउसो ४ बजेसम्म उम्मेदवार मनोनयन गर्ने रहेको छ। महासंघको केन्द्रीय समितिको केहि दिन अघिको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसिएट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको थियो।

images
प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - ०६:४१:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology