Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ब्राउन सुगरसहित ओलीसमुहको नेत्री तुलसा पक्राउ

ब्राउन सुगरसहित ओलीसमुहको नेत्री तुलसा पक्राउ

दैनिकी न्यूज

१६, फाल्गुण २०७७
ब्राउन सुगरसहित ओलीसमुहको नेत्री तुलसा पक्राउ
images

दाङ । एकजना न्यायाधीशको श्रीमतीको साथबाट प्रहरीले लागुऔषध फेला पारेको छ । उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसाको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको हो । लागूऔषध बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका अनुसार पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती हुन् । तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । इप्रका, तुलसीपुरले भने तुलसाले लागूऔषध आफूले नराखेको प्रारम्भिक बयान दिएको जनाएको छ । तुलसा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला सदस्यसमेत हुन् । थप अनुसन्धान भइरहेको भनिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - २०:५७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology