काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले पत्रकार महासंघको २६ औँ महाधिवेशन उद्घाटन गरेका हुन् । उद्घाटनपछि आजै बन्दसत्र सुरु हुनेछ ।
महाधिवेशनमा पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायतको उपस्थिति छ । बन्दसत्रमा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ । महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने योजना छ । त्यसका लागि निर्वाचन समिति पनि बनाइएको छ ।