Logo

सोमवार, आश्विन २६ गते २०८३

images

काठमाडौंमा फेरि देखियो बर्डफ्लु

काठमाडौंमा फेरि देखियो बर्डफ्लु

दैनिकी न्यूज

३०, माघ २०७७
काठमाडौंमा फेरि देखियो बर्डफ्लु
images

काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु रोग देखापरेको छ । यसअघि माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला फुटुङमा बर्डफ्लु देखापरेको थियो । त्यसपछि पशुसेवा विभागले उक्त क्षेत्रलगायत देशका अन्य शंकास्पद स्थानमा समेत सघन रूपमा निगरानी गरी परीक्षण गरिरहेको थियो ।

त्यसै क्रममा तारकेश्वर नगरपालिकाकै वडा नं १ मा स्थानीय कृषकले पालेका हाँसको नमूना परीक्षण गर्दा माघ २७ गते पुनः बर्डफ्लु रोग प्रमाणित भएको हो । विभागले बिहीवार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

रोग पुष्टि भएसँगै थप फैलन नदिई नियन्त्रणमा लिन विभागले पशुसेवासँग सम्बद्ध निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पशुपन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरेको छ । सो क्रममा १४ सय २१ हाँस, ४२ ओटा कुखुरा, २६ ओटा अण्डा, र ८ सय केजी दाना नष्ट गरी उक्त क्षेत्रलाई पूर्णरूपमा निःसंक्रमण गरिएको छ ।

पटकपटक संक्रामक रोग देखापरिरहँदा त्यसको पर्याप्त मात्रामा परीक्षणका लागि प्रयोगशालाको अभाव भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले बताए । उनका अनुसार मन्त्रालयको मातहतमा पूर्णरूपमा चलिरहेका आठओटा प्रयोगशालामध्ये हाल पाँचओटा प्रयोगशाला स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणका लागि प्रयोग गरिरहेको छ । बाँकी तीनओटामा मात्रै बर्डफ्लुको नमूना परीक्षणको काम भइरहेको छ । ‘यो हाम्रा लागि अपर्याप्त नै हो । चाँडोभन्दा चाँडो थप प्रयोगशालाको व्यवस्था नभए परीक्षणका लागि समस्या पर्न सक्छ,’ उनले भने ।

कृषि मन्त्रालय मातहतमा रहेका कुल आठओटा प्रयोशालामध्ये पनि विश्व पशु स्वास्थ्य संगठनबाट मान्यताप्राप्त त्रिपुरेश्वर स्थित केन्द्रीय पशुपन्छी प्रयोगशाला मात्रै हो । त्यसबाहेक अन्य प्रयोगशालाहरूमा रोगको परीक्षण भए पनि सम्पूर्ण मापदण्ड पूरा नभएको बताइएको छ ।

स्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागमा आपूmहरूलाई प्रयोगशाला उपलब्ध गराइदिन जानकारी गराएको उनले बताए । रोग फैलिँदै गएमा नियमित परीक्षण गरिरहेका प्रयोगशाला पनि कम हुन सक्ने भएकाले थप प्रयोगशाला पनि आवश्यक पर्न सक्ने उनको भनाइ छ । रोग थप फैलिन नदिन र नियन्त्रणका लागि सबैतिरबाट प्रयास भइरहेको समेत मन्त्रालयले जानकारी दिएको छ । रोगलाई नियन्त्रणमा राख्ने कार्यमा सहयोग तथा सहकार्यका लागि सरोकारवाला सबैमा मन्त्रालयले अपीलसमेत गरेको छ ।

यो खबर आजको आर्थिक अभियानमा प्रशान्त खड्काले लेखेका छन् ।

images
प्रकाशित मिति :माघ ३०, २०७७ शुक्रवार - ०६:०६:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology