Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पत्रकार र मानवअधिकारकर्मीमाथि भएको दमनप्रति पत्रकार महासंघको आपत्ति

पत्रकार र मानवअधिकारकर्मीमाथि भएको दमनप्रति पत्रकार महासंघको आपत्ति

दैनिकी न्यूज

१३, माघ २०७७
पत्रकार र मानवअधिकारकर्मीमाथि भएको दमनप्रति पत्रकार महासंघको आपत्ति
images

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी पत्रकार तथा नागरिक अगुवाहरुमाथि सरकारले बल प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ।

सोमबार भएको प्रदर्शनमा वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि प्रहरीद्वारा बर्बर आक्रमण गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ।

महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी माघ १२ गते नागरिक आन्दोलन र मानव अधिकारवादीले कमलपोखरीमा गरेको शान्तिपूर्ण कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार वाग्ले, मानवअधिकारकर्मी पहाडीलगायत मानव अधिकारवादी र नागरिक अभियन्तामाथि प्रहरीले लाठी र पानीका फोहरा प्रहार गर्दा दर्जनभन्दा बढी घाइते भएका जनाएका छन्।

‘शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको यो दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य हो’ विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीको यो बर्बर दमनले नागरिकको हकअधिकारमाथिसमेत गम्भीर आघात पुगेको महासंघको ठहर छ। महासंघ सरकारको यो अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्यको कडा शब्दमा भत्र्सना गर्दछ।’

संविधानले सुनिश्चित गरेको नागरिकको हकअधिकारको रक्षा गर्न, विधिको शासन र कानुनीराजको सम्मान गर्न महासंघ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै महासंघले आगामी दिनमा यस्ता दमनकारी कार्य नदोर्‍याउन सरकारलाई चेतावनीसमेत दिएको छ।

images
प्रकाशित मिति :माघ १३, २०७७ मंगलवार - १५:४४:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology