Logo

आइतवार, आश्विन २५ गते २०८३

images

तातोपानी नाका २० दिनका लागि बन्द

तातोपानी नाका २० दिनका लागि बन्द

दैनिकी न्यूज

९, माघ २०७७
तातोपानी नाका २० दिनका लागि बन्द
images

काठमाडौं । उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ । नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो ।


चीनले बिहीबारबाटै मितेरी पुलको मर्मत थालेको छ । चीनले पुल मर्मत गर्न बढीमा २० दिन लाग्ने र यो अवधिभर आयात बन्द गर्ने निर्णय भएको जानकारी दिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । चीनबाट आयातै नभएपछि मर्मत अवधिभर व्यापारिक कारोबार पनि नहुने उनले जानकारी दिए ।


गएको बर्खामा भोटेकोसीमा आएको बाढीले क्षति गरेको मितेरी पुलको मर्मत थालेको चीनले जानकारी दिएको छ । बाढीले पुलका दुई स्थान ९पिलर० का जग केही खोतलेको थियो । त्यही खोतलेको जग पुर्न चीनले आयात बन्द गरेको प्रमुख खत्रीले बताए ।

पुल निर्माण भएको डेढ वर्षमा नै चीनले मर्मत थालेको हो । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले मितेरी पुल क्षतिग्रस्त बनाएपछि चीनले सोही ठाउँमा नयाँ बनाएको थियो ।

आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - ०७:२६:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology