Logo

शनिवार, आश्विन २४ गते २०८३

images

काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार

काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार

दैनिकी न्यूज

६, माघ २०७७
काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार
images

काठमाडौं । काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ । तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तेस्रो चरणमा जोरपाटी, साँखु, पेप्सीकोला टाउन प्लानिङ, कलङ्की, कीर्तिपुर, कुलेश्वर, बानेश्वरलगायतका क्षेत्रमा बिजुलीको तार भूमिगत गर्न ठेक्का सम्झौता भएको जानकारी दिए । तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी भारतीय कम्पनी एलएनटी कन्स्ट्रक्सनसँग सम्झौता भएको हो ।

प्राधिकरणले काठमाडौँको विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित सुरु गरेको विद्युत्को तार भूमिगत गर्ने कार्य धमाधम भइरहेको छ । प्राधिकरणले पूर्व–उत्तर, मध्य–पश्चिम र पश्चिम क्षेत्र गरी तीन चरण र क्षेत्र विभाजन गरी काठमाडौँमा बिजुलीको तारलाई अहिले भूमिगत गर्ने काम गरिरहेको छ । यी तीन चरणमध्ये पूर्व–उत्तर, मध्य–पश्चिम क्षेत्रमा भूमिगत गर्ने कार्य सुरु भइसकेको छ भने पश्चिम क्षेत्रका लागि अहिले सम्झौता भएको प्रवक्ता तिम्सिनाले बताए ।

पूर्व–उत्तर क्षेत्र चरणअन्तर्गत अहिले चाबहिल, चुच्चेपाटी, मित्रपार्क, कोटेश्वर, जडीबुटी, नयाँबजार खुसिबु, लैनचौर क्षेत्रमा अहिले विद्युत्को तार भूमिगत गर्ने काम तीव्र रूपमा अगाडि बढिरहेको छ । त्यसैगरी मध्य–पश्चिम चरणअन्तर्गत लैनचौरदेखि बूढानीलकण्ठसम्म काम भइरहेको छ । यस चरणको ठेक्का भारतीय कम्पनी केईआई इन्डस्ट्रिजले पाएकोे छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - ०६:२०:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology