Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कति प्रस्ताव गर्यो प्रिमियर इन्स्योरेन्सले लाभांश ?

कति प्रस्ताव गर्यो प्रिमियर इन्स्योरेन्सले लाभांश ?

दैनिकी न्यूज

२८, पौष २०७७
कति प्रस्ताव गर्यो प्रिमियर इन्स्योरेन्सले लाभांश ?
images

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले यस वर्ष ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरु हकदार हुनेछन् ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ छ । निर्जीवन बीमा कम्पनीले पुर्‍याउनुपर्ने पूँजी कायम गरिसकेको कम्पनीले यस वर्ष नगदमा जोड दिएको हो । 

images
प्रकाशित मिति :पौष २८, २०७७ मंगलवार - ११:१९:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology