Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रहरी र विप्लव समूहबीच गोली हानाहान

प्रहरी र विप्लव समूहबीच गोली हानाहान

दैनिकी न्यूज

१२, पौष २०७७
प्रहरी र विप्लव समूहबीच गोली हानाहान
images

खाँदबारी । प्रहरी र नेपाल कम्प्युनिष्ट पार्टी विप्लव समूहबीच गोली हानाहान भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।

आइतबार दिउँसो करिव ३ बजेतिर विप्लब समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले जानकारी दिए । यसअघि पनि विप्लव समूह र प्रहरीबीच संखुवासभामा २ दुईपटक गोली हानाहान भएको थियो ।

प्रहरीको नियमित गस्तीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फाइरिङ गरेका थिए । विप्लवका जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राई समेतका विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएको प्रहरी भनाइ छ ।

प्रहरीले फायरिङ खोलेपछि विप्लव कार्यकर्ता भागेको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले केही विष्फोटक सामग्री समेत घटनास्थलबाट बरामद गरेको छ । गोली चलेपनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयका अनुसार दुवै पक्षबीच केहीबेर गोली हानाहान भएको थियो। घटनापछि उनीहरुको खोजीका लागि थप प्रहरी परिचालन गरिएको डीएसपी मल्लले जानकारी दिए।

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - २०:३५:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology