Logo

सोमवार, आश्विन २६ गते २०८३

images

नौ महिनापछि सवारी लाइसेन्स खुलाउँदै सरकार

नौ महिनापछि सवारी लाइसेन्स खुलाउँदै सरकार

दैनिकी न्यूज

५, पौष २०७७
नौ महिनापछि सवारी लाइसेन्स खुलाउँदै सरकार
images

काठमाडौं । सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा भने खुलेको छैन ।

यातायात व्यवस्था कार्यालयले गत असारदेखि नै कार्यालय खुला गरेर सवारी दर्ता र नवीकरणको सेवा भने दिँदै आएको छ । यसरी लामो समयसम्म लाइसेन्स नखुल्दा सेवाग्राही मर्कामा पर्दै आएका छन् । सामान्य अवस्थामै लाइसेन्सका लागि भीडभाड हुने गरेकामा नौ महिनासम्म स्थगित हुँदा अब झनै चाप बढ्ने भएको छ ।

विभागले भने कोरोनाको जोखिम अझै नहटेको भन्दै कोटा तोकेर आवेदन खोल्ने तयारी गरिरहेकोे छ । लिखित र प्रयोगात्मक दुवै परीक्षाका लागि सामान्य अवस्थामा लिइरहेकोभन्दा करिब आधा मात्रै कोटा तोकेर परीक्षा सञ्चालन गर्ने तयारीमा विभागको रहेको छ । भीडभाडका कारण कोरोना संक्रमणको जोखिम हुने भन्दै कोटा तोक्न लागिएको विभागले जनाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - ०७:००:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology