Logo

आइतवार, आश्विन २५ गते २०८३

images

८ थान भरुवा बन्दुक बरामद

८ थान भरुवा बन्दुक बरामद

दैनिकी न्यूज

७, मंसिर २०७७
८ थान भरुवा बन्दुक बरामद
images

बाग्लुङ । ताराखोला गाउँपालिका वडा नं. २ स्थित हर्पु खोलाको किनारबाट ४ थान र सोही गाउँपालिका–५ नाङगेस्थित जुङ्दे सामुदायिक बनबाट ४ थान गरी वेवारिसे अवस्थामा रहेका जम्मा ८ थान एकनाले भरुवा बन्दुक शुक्रबार प्रहरीले बरामद गरेको छ ।

उक्त खोलाको किनारमा सिमेन्टको बोराले छोपी राखेको अवस्थामा ४ थान र उक्त बनमा ढुङ्गाले छोपेर लुकाई राखेको अवस्थामा ४ थान भरुवा बन्दुक ईलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - ०७:२५:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology