Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बलात्कार प्रयासका अभियुक्त पक्राउ

बलात्कार प्रयासका अभियुक्त पक्राउ

दैनिकी न्यूज

८, कार्तिक २०७७
बलात्कार प्रयासका अभियुक्त पक्राउ
images

सप्तरी । बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन् । अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपितले एक्लै देखेर पछाडिबाट समाती गत असोज ३० गते बिहान बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले मङ्गलबार इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजूरी दिएकी थिइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार नै स्वास्थ्य परीक्षण भएको छ ।


प्रातःभ्रमणमा निस्किएका बेला घरदेखि तीन सय मिटर उत्तर परालको टाल भएको बारीमा आरोपितले नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको पीडितले बताएकी छन् । रासस

images
प्रकाशित मिति :कार्तिक ८, २०७७ शनिवार - १५:०३:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology